२२ बैशाख २०८१, शनिबार

होटलमा काम दिन्छु भनेर बालिका बलात्कार

Rape 2

बालिका बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ।

सल्यानमा काम दिने प्रलोभन देखाएर किशोरीमाथि बालात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

१५ वर्षिया बालिका बलात्कार गरेको आरोपमा शारदा नगरपालिका-१ श्रीनगरका रोयल गेष्ट हाउसका सञ्चालक ४५ वर्षीय हिमराज बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्लाको शारदा नगरपालिका-१ का ४५ वर्षीय हिमलाल बुढाथोकीले सोही नगरपालिका-१२ की १५ वर्षीया एक किशोरीलाई आफ्नो होटेलमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

साउन २३ गते बेलुका साढे ८ बजे बुढाथोकीले ती किशोरीलाई ललाइफकाई दारिमचौरको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए। प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

बालिकाको परिवारले शनिबार किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। होटेल संचालकलाई शनिबार दिउँसो शारदा नगरपालिका १२ रेशमज्युलाबाट पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको हो।

प्रहरीले बुढाथोकीलाई शनिबार पक्राउ गरे पनि आइतबार मात्रै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जानकारी दिएको छ।