२२ बैशाख २०८१, शनिबार

काठमाडौंमा १०० को हाराहारीमा संक्रमित थपिए, हालसम्म ७५ को निधन

corona 1

नेपालमा आज (आइतबार) ८५१५ पिसिआर टेस्ट भएकोमा थप ३८० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६५४४ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ । हाल क्वारेन्टाइनमा ११,०३८ जना रहेका छन । पछिल्लो २४ घण्टामा ४० जना र आज सम्म १६,३५३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ९०, ललितपुरमा दुई जना गरेर उपत्यकामा ९२ जना संक्रमित थपिएका छन |

लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको छ।

त्यस्तै हालसम्म मृतक ७५ जनामा काेराेना पुष्टि भएकाे छ।