५ जेष्ठ २०८१, शनिबार

काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

gahana pokhari hadigaun

एकै टोलका आठ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि काठमाडौंको वडा नम्बर ५ अन्तर्गत गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘शिल’ गरिएको छ । घर भाडामा बस्दै आएका एक प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि उनी बस्ने घरका घरबेटीको समेत परीक्षण गरिएकोमा घरबेटीमा पनि कोरोना संक्रमण देखिएको हो ।

हाँडी गाउँको कोटाल टोलमा बस्ने ती प्रहरीहरूलाई संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका भनिएका २५ जनाको स्वाव संकलन गरेर परिक्षण गरिएको थियो। त्यसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमित प्रहरीका परिवारको पाँच जनालाई अस्पताल लगिएको र घरधनीहरूलाई भने होम आइसोलेशनमै राखिएको वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले बताए।

डङ्गोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने जानकारी दिए। सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौँको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उहाँले बताए ।

गहनापोखरी–हाँडीगाउँ क्षेत्रका सबै पसल बन्द गरिएका छन भने अत्यावश्यक काम बाहेक आवागनमा प्रतिबन्ध लगाइएको छ।

संक्रमण देखिएको स्थानमा भित्रि गल्लीमा आवातजावतमा समेत रोक लागेको, पसल जानको लागी टाइमकार्ड लागु गरिएको स्थानीयले बताएका छन्।