६ जेष्ठ २०८१, आईतवार

अचानक पेट दुखेपछि कांग्रेस नेतृ सुजाता कोइराला ॐ अस्पताल भर्ना

Sujata Koirala
फाइल फोटो

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उपचारका लागि काठमाडौंको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर पुग्नुभएको छ ।

मण्डिखाटार स्थित घरमा आराम गरिरहेका बेला अचानक पेट दुखेपछि उहाँ परिक्षण तथा उपचारकालागि केहिवेरअघि मात्र ॐ हस्पिटलको आकस्मिक उपचार कक्षमा पुग्नुभएको हो ।

कोइरालाको स्वास्थ्य परिक्षण शुरु गरिएको र उहाँको अवस्था गम्भीर नरहेको अस्पताल श्रोतले नेपाल घटनालाई  बताएको छ।