१५ बैशाख २०८१, शनिबार

काठमाडौंमा संक्रमित ह्वात्तै बढ्यो, स्थिती काबु बाहिर गए उपलब्ध श्रोतले धान्न नसक्ने चेतावनी, सजग हुन आग्रह

corona 1
सांकेतिक तस्विर

नेपालमा आज (बिहिबार्) ६६२२ पिसिआर टेस्ट भएकोमा थप ३६० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६,२९६ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ । हाल क्वारेन्टाइनमा ९,४७० जना रहेका छन । पछिल्लो २४ घण्टामा २३३ जना र आज सम्म १५,३८९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरेर उपत्यकामा ८७ जना संक्रमित थपिएका छन |यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ६७४ जना, ललितपुरमा १२४ जना र भक्तपुरमा ७८  जना पुगेको छ।

लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यलयहरुमा बैठक, गोष्ठि, जमघट, सेमिनार जस्ता भिडभाड हुने कार्यक्रमहरु तुरुन्त बन्द गर्न आग्रह गरेको छ । यदी बन्द गर्न नमिलेमा भर्चुअल तरिका अपनाउन पनि आग्रह गरेको छ ।

त्यसरीनै प्रवक्ता गौतमले काठमाडौं लगायतका घनाबस्तीहरुमा कोरोना संक्रमणको दर वृद्धी भइरहेकोले स्वास्थ मापदण्ड अपनाउन आग्रह गरेका छन। यसरी दिनहुँ संक्रमण बढदै जाने हो भने अस्पतालका बेड, उपकरण्, स्वास्थकर्मीको अभाव हुने सक्ने तर्फ पनि सचेत गराएका छन |

त्यस्तै हालसम्म मृतक ६५ जनामा काेराेना पुष्टि भएकाे छ।