२४ बैशाख २०८१, सोमबार

काठमाडौंमा थप एक जनाको कोरोनाबाट मृत्यु

covid patient dead body
फाइल फोटो

काठमाडौंमा थप एक जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।

उपचारको क्रममा बुधबार राति मृत्यु भएकी महिलाको आज कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

उनलाई पाँच दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

सोही दिन उनको स्वाब परीक्षणको लागि पठाइएको थियो। दम, रक्तचापको समेत समस्या रहेकी उनलाई सुरूमै आइसियूमा राखेर उपचार गरिएको थियो।

उनको शव सेनाको टोलीले व्यवस्थापन गर्न लगिसकेको अस्पतालले जनाएको छ।

बुधबारमात्र काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् एक जना वृद्धाको कोरोनाकै कारण मृत्यु भएको थियो।

सर्लाही निवासी ६५ वर्षीया ती वृद्धाको बुधबार मध्यान्ह १२ बजे मृत्यु भएको थियो।