६ जेष्ठ २०८१, आईतवार

प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि, भेटेका थिए प्रधानमन्त्रीदेखि आइजीलाई

gyanendra yadav 1

कोरोना भाइरबाट प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव संक्रमित भएका छन ।

गत आइतबार अर्थात साउन १८ गते काठमाडौँबाट फर्किएपछी उनले साउन १९ गते परिक्षणका लागि स्वाब दिएका थिए । उनको रिपोर्ट बुधबार (साउन २० गते) पोजिटिभ आएपछी संचारकर्मीलाई जानकारी दिएका हुन्।

यादवले संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको बताएका छन । लक्षण नरहेको कारण यादव अस्पताल्को सट्टा मन्त्री निवासमै आइसोलेशनमा बसेको बताए । यसकासाथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन पनि अपिल गरेका छन् ।

प्रदेश २ मा अहिलेसम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ ।

baluwatar

काठमाडौंमा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्म भेट

आइतवार काठमाडौंबाट प्रदेश फर्कनुअघि देशका शीर्ष नेताहरूसँग भेटेर आएका थिए।

मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा समेत सामेल रहेका थिए । उनले त्यहाँ देशकै शीर्ष नेताहरूसँग पनि भेटघाट गरेका थिए।

यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।