८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

janakpur Janaki Mandir

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजय झाले जानकारी दिए । झाका अनुसार संक्रमितमध्ये २ जना नर्स हुन् भने अन्य कर्मचारी छन् । उनीहरु २३ देखि ७२ वर्ष उमेर समूहका छन् ।

त्यस्तै, प्रादेशिक प्रयोगशालाका २ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जनकपुरधामस्थित ग्लोबल आईएमई बैङ्कका तीन जना कर्मचारी पनि कोरोना संक्रमण देखिएको प्रजिअ भट्टराईले बताए । उनीहरुको थप विवरण पत्ता लगाउने काम भइरहेको उनले बताए ।