१५ बैशाख २०८१, शनिबार

आज उपत्यकामा थपिए ३१ जना, काठमाडौंमा दोहोरो अंकको संक्रमित संख्या कायमै

corona test

नेपालमा आज (आइतबार्) ८,८६१ पिसिआर टेस्ट भएकोमा थप २४६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,६७२ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ । हाल क्वारेन्टाइनमा १०,९३४ जना रहेका छन । पछिल्लो २४ घण्टामा १११ जना र आज सम्म १४,६०३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरेर उपत्यकामा ३१ जना संक्रमित थपिएका छन |

लकडाउन अन्त्य भएसँगै श्हरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको छ।

त्यस्तै हालसम्म मृतक ५७ जनामा काेराेना पुष्टि भएकाे छ।