१३ बैशाख २०८१, बिहीबार

बागबजारबाट एक किलो सुन जस्तो देखिने धातु बरामद, चाँदीमा सुनको जलप लगाउने पक्राउ

Sun baramd Gold 5 1024x576 1

सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धानको क्रममा प्रशन्न श्रेष्ठको कोठामा छापामा मार्दा एक किलो सुन जस्तो पहेंलो धातु बरामद गरेको छ। प्रशन्न श्रेष्ठ महानगरीय प्रहरी वृत्त, दरबारमार्गका घुमुवा प्रहरी हुन्।

उमेश श्रेष्ठका आफन्त प्रशन्न श्रेष्ठको कोठाबाट सो परिमाणमा धातु भेटिएको हो। बागबजारस्थित उमेश श्रेष्ठको घरबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

बारामद धातु परिक्षणको लागी पठाइएको छ ।

त्यसैगरी प्रहरीले साढे १४ किलो चाँदीमा सुनको जलप लगाउने एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कारीगढ मनिष मल्लिक रहेका छन् । न्यूरोडस्थित एक सुन पसलमा काम गर्ने मल्लिकले चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने गरेको पाइएको छ ।