८ बैशाख २०८१, शनिबार

काठमाडौंमा कोरोना संक्रमित दिनँहु थपिदै- आज ३२ थपिए , पछिल्लो २४ घण्टामा ४ जनाको निधन

chitwan corona death 2
सांकेतिक तस्विर

नेपालमा आज (शुक्रबार्) १०,७६८ पिसिआर टेस्ट भएकोमा थप २२४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,३१६ जनामा सक्रीय संक्रमण देखिएको छ ।

काठमाडौंमा ३२ ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी उपत्यकामा ३८ संक्रमित थपिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । हाल क्वारेन्टाइनमा १२,१११ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा १५१ जना र आज सम्म १४,३९९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा चार जनाको निधन भएको छ । यो सँगै कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।