७ बैशाख २०८१, शुक्रबार

ललितपुर नखिपोटमा भेटियो सुन तस्कारीमा प्रयोग भएको गाडी

Sun baramd Gold 5 1024x576 1

काठमाडौंमा गत मंगलबार सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ ।

नक्कली सुन तथा हतियारधारी समूहले प्रयोग गरेको सिल्भर कलरको स्कर्पियो गाडी फेला परेको हो।

आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उक्त गाडी महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको नख्खिपोटमा फेला परेको जनाएको हो। ‘निर्माणाधिन घरभित्र छोपेर राखेको अवस्थमा फेला पारेका हौं,’ परिसरका डिएसपी राजकुमार केसीले भने।

काठमाडौंको कमलपोखरीमा प्रहरी चेकिङ छलेर भागेको गाडीलाई पिछा गर्दा त्यहाँ रहेका मानिसहरुले सेतो झोला फालेर गाडीसहित फरार भएको प्रहरीको भनाइ थियो ।

मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा६च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो। प्रहरी देखेपछि नरोकी हुइँकियो उक्त गाडी। रोक्न खोज्दा भागेपछि प्रहरीले उक्त गाडीलाई फलो गर्‍यो। प्रहरीले फलो गर्ने क्रममा गाडीमा रहेका मानिसले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याए। उत्कत झोलामा सुन र दुई थान पेस्तोलले भरिएको थियो।

झोला जाँच गर्दा १५ किलोमध्ये आधा किलोमात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दिएको थियो।

कमलादीमा नक्कली सुन र पेस्तोल बरामद भएको भनिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको हो। तीनै जना भारतीय नागरिक हुन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले भारत भाग्दै गर्दा नवलपरासीबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

यो पनि

काठमाडौंमा सुन र पेस्तोल फालेर भाग्‍ने तीनजना नवलपरासीमा पक्राउ