७ बैशाख २०८१, शुक्रबार

उपत्यकामा काठमाडौंका सबैभन्दा धेरै संक्रमित, कोरोनाबाट निधन हुनेको संख्या ५२

corona 1

नेपालमा आज (बिहिबार) ६,३०४ पिसिआर टेस्ट भएकोमा थप २७४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,२२७ जनामा सक्रीय संक्रमण देखिएको छ ।

काठमाडौंमा ४१ र ललितपुरमा २ र भक्तपुरमा २ जना गरी उपत्यकामा ४५ संक्रमित थपिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ । हाल क्वारेन्टाइनमा १३,२०१ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा २२७ जना र आज सम्म १४,२४८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

कोरोना मुक्त्त जिल्लाहरुमा भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा तीनजनाको निधन भएको छ । यो सँगै कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ ।