१२ बैशाख २०८१, बुधबार

एसिड हान्नुअघि ३७ पटक मिसकल, अर्कै युवक मन पराएको भन्दै युवतीमाथि प्रहार, मुन्नाको बयान, ‘साहुले भनेपछि हानेँ’

ACID

सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् ।

बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कवाडीको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेकाे महाशाखाका एसएसपी दिपक थापाले बताए ।

घटना घट्ने बित्तिकै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो। प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।

उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।

‘केटीले अर्को केटा मन पराएको हुदाँ त्यसकै रिसमा एसिड प्रहार गर्न लगाएको बयान दिएका छन्,’एसएसपी थापाले भने,’भारतीय नागरिक आलमका कामदार हुन्। उनलाई प्रहार गर्न लगाएका थिए।’

एसिडले मुन्नाको हातमा समेत केही प्रतिशत जलेको छ।

2020 07 24 acid

सात दिनदेखिको योजना

आफुले मन पराएको युवतीले ‘इग्नोर’ गरेपछि आलमले एक साताअघि नै उनलाई एसिड छ्याप्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो योजना उनले गार्मेन्ट कारखानाका कालीगढ फैयाज आलम उर्फ मुन्नासँग सेयर गरेका थिए ।

योजनाअनुसार उनले पहिला नै मुन्नालाई युवतीको घर छेउको मकैबारीमा लगेर राखेका थिए । सीतापाइला चोकमा युवती र आलम चिया पिउँदै गर्दा मुन्ना एसिड छ्याप्ने व्यग्र प्रतिक्षामा थिए ।

मोटरसाइकलबाट ओर्लिएर युवतीले दहि किनिन् । बाटोमा कुरेर बसेका युवाले रक्सीको बोतलमा बोकेको एसिड फाले । एसिड छ्यापेपछि मुन्ना दौडिएर मुल सडकतर्फ अगाडि बढे, जहाँ मोटरसाइकलमा रौतहट लक्ष्मीपुर गाउँपािलका–४ घर भएका आलम कुरिरहेका थिए ।

भारत भाग्ने योजना

एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरेको थियो ।

मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ । युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए । आफू भने अलि परै बसेका थिए ।

एसिड प्रहार गरिसकेपछि मुन्नालाई मोटरसाइकलमा राखेर उनले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको थियो । तर उनीहरु उम्किन पाएनन् ।

एसिड प्रहारपछि प्रहरीले निकै दबाबमा काम गरेर नै अभियुक्तलाई कानुनी दायरामा ल्याउन सकिएको उनले बताए । ‘हामी घटनापछि निकै दबाबमा थियौं,’ थापाले भने, ‘तर परिसर र महाशाखाको संयुक्त प्रयासमा घटना घटेको ३ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सम्भव भयो ।’

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । एसिड प्रहार गरिएकी युवतीको कीर्तिपुरमा उपचार भइरहेको छ ।

एसिड हान्नुअघि ३७ पटक मिसकल 

‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो ।

‘भैगो दाइ, म हिँडेरै जान्छु,’ युवतीले भनिन् । तर आलमले जिद्धि गरे । ‘किन हिँड्नुहुन्छ, म पुर्‍याइदिहाल्छु नि, बस्नुस न,’ आलमले यति भनेपछि युवती मोटरसाइकलको पछाडि बसिन् । केही मिनेटमै आलमले युवतीलाई बाफल चोकमा छोडिदिए ।

आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए ।

मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए । केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसिड छर्किएर भागे । एसिड ती युवतीको गाला र निधारमा लाग्यो । आगोले पोले जसरी पीडा हुन थालेपछि युवती चिच्याउँदै छटपटिन थालिन् ।

युवतीमाथि एसिड छर्किएको पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्‍याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । घटनाबारे प्रहरीले जानकारी पाइसकेको थियो ।

घाइते युवतीलाई अस्पताल पुर्‍याउँदा पौने ९ बजिसकेको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलले ‘आरोपितलाई जसरी पनि छिटोभन्दा छिटो पक्राउ गर्नू’ भन्ने आदेश महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई दिए ।

त्यहीबीच प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो । अस्पतालमा उपचारका लागि लगिएकी युवतीसँग सामान्य सोधपुछमा महाशाखा र परिसरको टोली लाग्यो । यता सीसीटिभी फुटेजमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो ।

घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको रहेछ । त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लाग्यो । घटनाका आरोपी पत्ता लगाउन प्रहरी नजिक पुगिसक्यो । त्यहीअनुसार पीडित युवतीसँग सोधपुछ गर्दा आलम आफ्नो दाइसमानको मान्छे भएको बताइन् । तर प्रहरी युवतीको बयानमा मात्रै सीमित थिएन ।

घटनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन । त्यहीबीच युुवतीको उपचार भइरहेकै बेला राति ११ बजे महाशाखा र परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महमदलाई नियन्त्रणमा लियो ।

उनी देब्रे हातमा एसिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको अवस्थामा भेटिए । उनलाई नियन्त्रणमा लिएलगत्तै आलमलाई पनि प्रहरीले पक्राउ गर्‍यो । पक्राउपछि एसिड प्रहार गर्ने महमदले ‘मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ, मलाई नै एसिड लाग्यो, सारै पोलेको छ’ भन्दै प्रहरीलाई बयान दिए ।

महमद र एसिडपीडित युवतको चिनजान छैन । आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसिड हान्ने योजना बुनेको बयान दिएका छन् ।

‘उनले रुपको सारै घमण्ड गरिन्, मैले मन पराउँथे तर कुनै मतलब नै गर्दिन थिइन्,’ आलमले प्रहरीसँग बयानमा भनेका छन्, ‘रुपको घमण्ड गर्न थालेपछि मलाई असह्य भएर एसिड हान्ने योजना बनाएँ ।’ तर पीडित युवतीले आलमलाई दाजुसमान मान्ने गरेकोले कुनै मायाप्रेम नभएको बताएकी छिन् । उनले आलमसँग त्यस्तो झैझगडा पनि कहिल्यै नभएको बताएकी छिन् । ती युवती राजधानीको एउटा तारे होटलमा अकाउन्टेन्टका रुपमा कार्यरत रहेको पनि खुलेको छ ।

‘जुजुधौ दही र चिउरा लिएर कोठातर्फ जाँदै थिए, एउटा खैरो सर्ट र मुखमा मास्क लगाएको मानिस कुदेर म भएको ठाउँमा आयो, हातमा भएको बस्तु मेरो अनुहारमा फ्ँयाकेर भाग्यो,’ ती युवतीले प्रहरीलाई भनेकी छन्, ‘मेरो कसैसँग झगडा पनि परेको थिएन, तर त्यो मानिस म पसलमा जाँदा परबाट नियालिरहेको थियो ।’

एसएसपी थापाका एसिड हान्नेमाथि अनुसन्धान गरी मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त स्वयम्भूको जिम्मा लगाइएको बताए ।

177003840Capture

अनि, मदिरा पार्टी

एसिड हानेपछि उनीहरु डल्लु फर्किए । एसिड लगेको बोतल विष्णुमतिमा फालेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । ‘डल्लु फर्केर उनीहरुले मदिरा पाटी गरेको’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतले भने ।

‘आफ्नो अनुचित हर्कत अस्विकार गरेपछि योजना बनाएर एसिड छ्यापेको अनुसन्धानबाट खुलेको छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।

योजना सफल भएपछि मुन्नाले बोकेको मोबाइलको सिमकार्ड निकाले । आलमले आफ्नो मोबाइलको ‘कल लग’ बाट मुन्नाको नम्बर मेटाए ।

‘झोला तयार गरेर बिहीबार राती नै मुन्नालाई भारत भगाउने उनको योजना रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘ट्वाइलेट सफा गर्दा बाँकी रहेको एसिड छ्यापेको खुलेको छ ।’ बिहीबार राती नै महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 

साधारण लेखपढ मात्र भएका २३ वर्षीय मुन्नाले आफुलाई ‘साहुको योजना केही थाहा नपाएको’ प्रहरीसमक्ष बयान दिएका छन् । 

यस्तै पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन हिासतमा राखेर प्रहरीलाई अनुमति दिएको छ । 

अर्को केटा मन पराएपछि…

आलम ती युवतीलाई मन पराउँथे, तर भन्न सक्दैनथे । अर्थात आलम ती युवतीसँग एकतर्फी प्रेममा थिए । यहीबीचमा युवतीले अर्को केटालाई मन पराएपछि आलमले एसिड हान्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलको सिसिटीभी फुटेज र फोन कलको आधारमा मुन्ना र आलम पक्राउ परे । एसिड आक्रमणपछि आलमले युवतीको मोवाइलमा एनसेल नम्बरबाट दर्जनौं पटक मिसकल गरेको भेटेपछि प्रहरीले उनलाई खोजेको थियो ।
आक्रमण योजना सफल भएपछि उनि कारखाना नजिकै रहेको कोठामा गएका थिए । मुन्न कारखाना मै बस्थे ।

मुन्नाको बयान, ‘साहुले भनेपछि हानेँ’

व्याग कारखानाका कालिगढ मुन्ना मोहम्मदले ‘साहुले भनेपछि एसिड फ्याँकेको’ बयान दिएका छन् । ‘मलाई धेरै कुरा थाहा थिएन, रक्सी जस्तो लागेको थियो’ मुन्नाले प्रहरीसँगको भिडियो बयानमा भनेका छन्–‘युवतीलाई बोतल फ्याँकेपछि भारत जानु भनेको थियो ।’ 

रक्सीको बोतलमा भएको एसिड उछिट्टिएर आफ्नो पनि हात पोलेको उनले बताएका छन् । एसिड फ्याँकेपछि साहुले आफूलाई मोटरसाइकलमा कारखाना ल्याएको बयान दिँदै मुन्नाले त्यसबाहेक आफूलाई केही थाहा नभएको बताएका छन् । 

रक्सी भनेर हानेको थिएँ, एसिड रहेछ, काठमाडौंमा युवतीमाथि एसिड प्रहार गर्ने युवाले प्रहरीलाई दिए यस्तो बयान

Posted by नेपाल घटना on Thursday, July 23, 2020