७ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा एकैदिन थपिए १० जना, कोरोनाबाट निधन हुनेको संख्या ४४ पुग्यो

coronavirus dead body

नेपालमा आज (शुक्रबार) ३,९८७ पिसिआर टेस्ट भएकोमा थप १३३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,३८३ जनामा सक्रीय संक्रमण देखिएको छ ।

काठमाडौंमा १० जना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७४ पुगेको छ । हाल क्वारेन्टाइनमा १९,४४४ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा १०७ जना र आज सम्म १२,९४७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

यसैगरी पर्सामा शुक्रबार फेरि एक बृद्धाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।