६ पुष २०८२, आईतवार

काठमाडौंमा युवतीलाई एसिड प्रहार गर्ने युवक पक्राउ, युवतीले अर्को केटा मन पराएको भन्दै एसिड प्रहार

jailed

गए राती सीतापाइलामा युवती माथी एसिड प्रहारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोहम्मद आलम र मुन्ना महम्मद हुन् । मोहम्मद आलम रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिकाको डल्लुमा बस्छन भने मुन्ना महम्मद भारतीय नागरिक हुन ।

आलमको डल्लुमा कवाडी पसल छ भने महमद र एसिडपीडित युवतको चिनजान छैन । आलमले भने अनुरुप महमदले युवतिलाई ट्वाइलेट सफा गर्ने एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटना पछी प्रहरीले सिसीटीभिको मद्दत र युवती संगको बयानको आधारमा शंकास्पद व्यक्ती को पहिचान गरी पक्राउ गरेको हो ।

घटना घटेको ३ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति ११ बजे पक्राउ गरेको हो।

युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

मुलुकी अपराध संहितामा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

त्यसैगरी शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।