१४ बैशाख २०८१, शुक्रबार

‘चिनी कम रङ्ग कडा’ को लागी नायिकाले एक महिनासम्म थर्मसमा चिया बेचिन

chini kum

चलचित्र ‘चिनी कम रङ्ग कडा’ अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ । हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने गरी चलचित्र रिलिज गरिएको हो । गीत र टिजर सार्वजनिक भइसकेको चलचित्र नेपालमा भने केही समयपछि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जङ्ग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय रहेको छ । गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्र मानव सुवेदीको सङ्गीत छ भने सुशील सुवेदीको शब्द रहेको छ ।

‘होस्टेल रिटर्न्स’बाट अभिनय क्षेत्रमा प्रवेश गरेका सुशील सिटौलाले अघिल्ला फिल्ममा आफुले सोचेको जस्तो भुमिका निर्वाह गर्न पाएका थिएनन् । यो फिल्ममा आफुले सोचेजस्तै भुमिका पाएको दावी गर्छन् ।

फिल्ममा उनी आफ्नो भुमिकाबारे त्यति धेरै खुलेनन् । यति मात्रै भनेँ ‘यसमा मैले तपाई हामीले देखिरहेको भोगीरहेको तर, नोटिस नगरेको पात्रको भुमिका छु ।’ त्यो पात्र ननुहाउने अलि फोहोरी खालको थियो । नेपालको पहिलो नेशनल एक्टिङ कम्पिटिशनकी विजेता अनु थापाले यसमा सिन्धुपाल्चोकबाट काठमाडौ आएर चिया बेच्ने युवतिको भुमिका निर्वाह गरेकी छिन् ।

ललिता नामक युवतिको भुमिका निर्वाह गरेकी अनुका लागि यो भुमिका आफैंमा नौलो मात्रै थिएन रोमाञ्चक पनि थियो । दुईटा थर्मसमा चिया राख्थिन्(दुध राखेको र नराखेको)पसल पसलमा सोध्दै हिंड्थिन् चिया पिउनुहुन्छ ?

गल्ली छेउका दोकानदारहरुले अनुको चिया पैसा तिरेर खाए । तर, अनुको वर्कसप हो भन्ने थाहा पाएनन् । पहिलो दिनको अनुभव सुनाउदै अनु भन्छिन् ‘चार कप चिया बेचेर ८० रुपैंया कमाएकी थिएँ ।’ एक महिनासम्म पाटन र बसन्तपुरको गल्लीमा थर्मस डुलाउदै हिँडिन् ।

अहिले आफ्नो फिल्म हेरेका दर्शकले ‘गज्जब अभिनय’ भनेर प्रतिक्रिया दिँदा मख्ख छिन् । “चिनी कम रङ्ग कडा”मा याचोपो रचलिक र लुका मौचेरीको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

गणेशदेब पाण्डेको लेखन र निर्माण रहेको यो फिल्म अहिले अमेजन प्राइम भिडियो मार्फत अमेरिका र बेलायतमा प्रदर्शन सुरु भएको छ । फिल्म ‘चिनी कम रंग कडा’ले दर्शकको मन जित्छ, केही समयपछि नेपालमा नेपाली दर्शकले पनि हेर्न पाउने निर्देशक विवेक घिमिरेको भनाई छ ।