११ बैशाख २०८१, मंगलवार

प्रभाषसँग जोडी बाँध्न दीपिकाले लिइन् २० करोड, प्रभाषको कति ?

prabhas deepika padukone

बलिउड अभिनेत्री दीपिका पादुकोणकोले एक फिल्मबाट २० करोड पारश्रमिक लिएकी छन् । बाहुबली फेम प्रभास र दीपिका पादुकोण सिनेमाको पर्दामा जोडी बनेर आउने पक्का भइसकेको हो।

उनले साउथ फिल्मका चर्चित अभिनेता प्रभाषसाथ खेल्न लागेको फिल्मबाट यति ठुलो पारिश्रमकि लिन लागेकी हुन् ।

उनीहरू नाग अश्विनले निर्देशन बन्ने लागेको एक साइ-फाई फिक्सन फिल्ममा प्रभाष र दीपिकाले काम गर्ने तयारीमा जुटेका छन् ।

प्रभासले लामो समयदेखि दीपिकासँग काम गर्ने चाहाना राख्दै आएका थिए।

सिनेमामा दीपिका र प्रभासको जोडी बाँध्न सिनेमाका निर्माताले महँगो रकम खर्च गरेको सार्वजनिक भएको छ।

यस फिल्ममा दीपिकालाई २० करोड पारिश्रमिकसहित अनुबन्ध गरिएको छ भने उनको जोडी अर्थात फिल्मका अभिनेता प्रभासको ५० करोड पारिश्रमिक तोकिएको छ ।

दीपिकाले बुझेको यो पारिश्रमिकले दीपिकालाई भारतीय सिनेमा इतिहासमा सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनाएको छ।

एउटै फिल्ममा देखिएने भएका प्रभास र दीपिकाको जोडीलाई उनका फ्यानहरु पर्दामा हेर्न निकै उत्साहित भएका छन् । फिल्मको नाम भने सार्वजनिक नगरिएको फिल्ममा तेस्रो विश्वयुद्धको कथामा बन्न लागेको अनुमान गरिएको छ । फिल्मको छायाँकन भने अर्को साल हुने जनाइएको छ ।

मेगा बजेटमा बन्ने यो सिनेमा थुप्रै भारतीय भाषामा रिलिज हुनेछ।

दीपिका पछिल्लो समय आफ्ने होम प्रोडक्सनमा बनेको ‘छपाक’मा देखिएकी थिइन्