१३ बैशाख २०८१, बिहीबार

आज काठमाडौं उपत्यकामा ९ संक्रमित थपिए, कोरोना मुक्त जिल्ला ७ बाट ६ मा झर्‍यो

corona test

नेपालमा आज (बिहिबार) ३,४८१ पिसिआर टेस्ट भएकोमा थप १४७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,३५८ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ । हाल क्वारेन्टाइनमा २०,०९८ जना रहेका छन ।

काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा २ जना गरेर उपत्यकामा ९ जना संक्रमित थपिएका छन ।हिजो सम्म ७ जिल्ला संक्रमित मुक्त थियो भने आज त्यो घटेर छ वटा जिल्लामा सिमित भएको छ ।

पछिल्लो २४ घण्टामा १५६ जना र आज सम्म १२,८४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै हालसम्म मृतक ४३ जनामा काेराेना पुष्टि भएकाे छ।