११ बैशाख २०८१, मंगलवार

विश्वविद्यालय र कक्षा १२ को परिक्षा मिती सार्वजनिक, कसको कहिले ?

tribhuvan university

सरकारले १२० दिन लामो लकडाउन खुल्ला गरेपछी शैक्षिक क्षेत्रले पनि रोकिएका कार्यक्रम सन्चालन योजना बनाएका छन । भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेको हो ।

एसइई र कक्षा एघारको परीक्षा आन्तरिक विधिबाट हुने भएपनी कक्षा १२ र विश्वविद्यालयका परीक्षाहरु रोकिएका थिए । रोकिएका परीक्षाहरुका परीक्षा मिति धमाधम सार्वजनिक भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न शंकायका परीक्षा भदौ पहिलो सातादेखि सुरू गर्ने सूचना सार्वजनिक गरेका छन् । त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गते सुचारु गर्ने निर्णय गरेको त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा ।पेशल दाहालले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रक डा ।सूर्य प्रसाद संग्रौलाले जनाए अनुसार लकडाउनले रोकिएका पूर्वनिर्धारित परीक्षाहरू सम्बन्धित कलेजमै परीक्षा सेन्टर कायम हुने गरी भदौ पहिलो साताबाट सुरू गर्ने निर्णय भएको छ ।