१२ बैशाख २०८१, बुधबार

आज सूर्यग्रहण, ग्रहणको समयमा के गर्न हुन्छ र के गर्न हुँदैन ?

solar eclipse

सन २०१९ को पहिलो सुर्य ग्रहण आज २ जुलाई मा हुँदै छ । सुर्य ग्रहण नेपाली समय अनुसार राती १०:४० बजे शुरु हुनेछ र भोली बिहान ३:३६ बजे तीर अन्त्य हुनेछ । करीब ५ घण्टा लामो ग्रहण मा ज्योतिष मान्यताका अनुसार मानिसले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा यो समयमा केही काम गर्न वर्जित गर्नुपर्ने ज्योतिष शास्त्रीहरु बताउँछन् ।

सूर्य ग्रहण रातिको समयमा लाग्ने भएका कारण नेपाल र दक्षिण एसियाली राष्ट्रबाट देखिने छैन । प्रशान्त महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ । यो सूर्यग्रहण सवैभन्दा धेरै समय चार मिनेट ३३ सेकेण्डसम्म रहने सम्भावना रहेको जनाइएको छ ।

सुर्य ग्रहण भनेको हो?

सूर्य पृथ्वीको सबैभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो।सौर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबीच चन्द्रमाको छायाँ पर्दा सूर्यग्रहण देखिन्छ। सूर्य र चन्द्रको अवस्था सूर्य चन्द्रमाभन्दा करिब चारसय गुना ठूलो र त्यति नै परिमाणमा टाढा रहेको छ। यसैकारण पनि पृथ्वीबाट हेर्दा सूर्य र चन्द्र लगभग उत्रै देखिन्छ। जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा पर्छ तब, चन्द्रमाले सूर्यलाई छेक्छ। यसबेला पृथ्वीका मानिसले आंशिक वा पूर्णरूपले सूर्यलाई देख्न सक्दैनन्। यस्तो प्रक्रिया सूर्यग्रहणमा विपरीत दिशामा रहेको सूर्यलाई आफ्नो मार्गबाट गइरहेको चन्द्रमाले छेक्ने हुनाले यो ग्रहण छोटो समयको लागि मात्र हुने गर्दछ |

ग्रहणको समयमा के गर्न हुन्छ र के गर्न हुँदैन ?

  1. चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्नु पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।
  2. ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा यौन सम्बन्ध राख्न नहुने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् ।
  3. ग्रहणको समयमा भोजन पनि गर्नु हुँदैन । कि ग्रहण अगावै खाना खानुहोस् अन्यथा ग्रहण पश्चात मात्र खाना खानुपर्छ भन्ने मान्यता राखिन्छ । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।
  4. ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नुपर्छ । ग्रहणको समयमा केही मन्त्रको भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।
  5. ग्रहणको समयमा गर्भवती महिलाले घरबाहिर निस्कन नहुने शास्त्रमा उल्लेख छ । गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ ।
  6. ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो मानिन्छ ।

    सम्बन्धित समाचार...