fbpx
१ बैशाख २०७८, बुधबार

संघीय संसदका सांसदले ल्यापटप घर लान नपाउने

संघीय संसदका सांसदले ल्यापटप घर लान नपाउने

संसद् सचिवालयले दुवै सदनका ३ सय ३४ सांसदलाई ल्यापटप दिँदै छ।

संसद् दिवसका अवसरमा सचिवालय र संसद् भवन नयाँ बानेश्वरमा सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा सभामुख महराले सांसदका ल्यापटप संसदकै मातहतमा रहने बताए। ‘कापी र कागजमा लेख्नुभन्दा ल्यापटप प्रयोग गरी छिटो र छरितो ढंगबाट सांसदहरूले संसदीय काम गरून् भनेर ल्यापटप दिन लागिएको हो,’ उनले भने, ‘संसद् र संसदीय समितिलाई पेपरलेस बनाउने लक्ष्य छ’।

सभामुख कृष्णबहादुर महराले संघीय संसदका सांसदलाई ल्यापटप घर लान नदिइने बताएका छन् । उनले सदन र संसदीय समितिमा रहँदा संसदको काममा प्रयोग गर्न मात्र ल्यापटप सांसदलाई दिन लागिएको बताए ।

ल्यापटप खरिदका लागि सचिवालयले टेन्डर आहवान गरिसकेको छ। यसका लागि सरकारले विकास बजेट रकमान्तर गरी संसद् सचिवालयलाई डेढ महिनाअघि करिब ४ करोड रुपैयाँ निकासा दिएको छ।

सभामुख महराले सांसदलाई ल्यापटप बाँड्न लागियो भनेर गलत प्रचार भइरहेको समेत बताए। ‘सांसदले संसद मा रहँदा आफ्ना काम गर्छन्। काम सकिएपछी मन्त्रिपरिषद मा जस्तै सबै ल्यापटप कार्यालयमानै छाडेर घर जानेछन्,’ उनले भने।

    सम्बन्धित समाचार...