१४ बैशाख २०८१, शुक्रबार

पहिरोमा परेर धादिङमा एकैपरिवारका तीन जनाको निधन

108121112 3521089894615184 8053833964078227217 n

धादिङमा पहिरोमा पुरिएर एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले दिएको जानकारी अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे छ ।