८ बैशाख २०८१, शनिबार

एकता भत्काउन दुष्प्रचार भयो : जनार्दन शर्मा

janardan sharma ROdzpvgADR

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभावकरले पार्टी एकता भत्काउन दुष्प्रचार भएको बताएका छन् । पूर्वगृहमन्त्री समेत रहेका शर्माले पार्टी एकताका विषयलाई लिएर कतिपयले नरुचाएको भन्दै त्यस्ताहरुलाई ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति’ को संज्ञा दिएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता शर्माले पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार भइरहेकाले त्यस्तो भ्रममा नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गरेका छन् ।

‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्धेलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपील गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु’, शर्माले ट्वीटरमार्फत स्पष्ट पारेका छन् ।

नेता शर्मा पछिल्लो समय पार्टीमा देखा परेको समस्या सहमतिबाटै टुंग्याउनुपर्छ भन्ने पक्षमा उभिएका छन् । त्यसक्रममा उनीसहितका नेताहरुले शीर्ष नेतालाई समस्या समाधानमा दवावसमेत दिँदै आएका छन् ।