
बिहिबार श्रावण १ देखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । लकडाउन खुकुलो भएको भन्दै बैंकर एसोसिएसनले अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था खारेज गरेको छ।
यसअघि नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै बैंकहरुले ग्राहक सुविधाको लागी अर्को बैंकको एटिएमबाट पैसा झिक्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनले संयुक्त रुपमा बिहीबारदेखि विद्युतीय कारोबार, एटीएम तथा कनेक्ट आईपीएस मार्फत हुने कारोबारमा शुल्क लिने नलिने सम्बन्धमा बैंकहरुलाई नै छाडिएको निर्णय गरेका हुन् ।
अब शुल्क लिने वा नलिनेबारे भन्ने निर्णय सम्बन्धित बैंकले गर्ने छन् । बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
