१५ चैत्र २०८०, बिहीबार

चितवनमा एटीएम बुथ फोडेर चोरी गर्न खोज्ने एक पक्राउ

atm futako
सांकेतिक तस्विर

चितवनमा एटिएम बुथ फोडेर चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।

मंगलबार राति पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित माछापुच्छ्रे बैंक लिमिटेड टाँडी शाखाको एटिएम बुथ फोडेर चोरी गर्न खोज्ने रत्ननगर–२ आदर्शनगरका २८ वर्षीय पुष्प भन्ने भरत परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

एटिएम बुथ फोडेर एक जना फरार रहेको सूचना पाएपछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो । एटिएम बुथमा जडान गरिएको सिसिटिभी फुटेजको आधारमा परियारलाई आज (बुधबार) विहान रनपा–२ एफएम डाँडाबाट फलामको हथौडासहित प्रहरीले पक्राउ गरेको हो ।