१५ चैत्र २०८०, बिहीबार

एउटा बैंकको एटीएम अर्को बैंक एटिएम बुथमा प्रयोग गर्दै हुनुहुन्छ ? प्रयोग गर्दा शुल्क लाग्ने

atm lounge

एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । माघ १ गतेबाट एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गरे पैसा लाग्ने भएको छ।

यसअघि कोरोना महामारीको बेला भन्दै राष्ट्र बैंकले जुनसुकै बैंकको एटिएम बुथ प्रयोग गर्दा पनि पैसा नलाग्ने जनाएको थियो।

राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।

यद्यपि बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ ।

दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यसअघि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बताएका छन् ।

तर गत चैत ११ गतेदेखि सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गरेकाे बन्दाबन्दी देखिहालसम्म अन्तर बैंक एटीएम निशुल्क रुपमा प्रयोग हुँदै आएको थियो ।

rastra