६ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्रीले अयोध्याको बारेमा दिएको अभिव्यक्ति अप्रमाणित, विवादास्पद र गैरजिम्मेवारः डा. शेखर कोइराला

shekhar koirala

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउँने काम गरेको बताएका छन् । ।

आज सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले प्रधानमन्त्री ओलीले नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका बताएका हुन् ।

उनले भने ‘जसरी गौतम बुद्ध र लुम्बिनीका बारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहँदैनन्।’

उनले लेखेका छन्:

प्रधानमन्त्रीले अयोध्याको वारेमा अप्रमाणित, बिवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउॅने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन। जसरी गौतम बुद्ध र लुम्बिनीका वारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहॅदैनन्। अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र हो। धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुदैन।

प्रधानमन्त्रीले अयोध्याको वारेमा अप्रमाणित, बिवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउॅने…

Posted by Dr Shekhar Koirala on Monday, July 13, 2020

डा. कोइरालाले अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र भएकाले धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि नहुने बताउनुभयो।

सोमबार प्रधानमन्त्री केपी ओलीले रामको जन्मस्थान अयोध्या नेपालमै रहेको र यो चितवननजिक ठोरीमा रहेको बताउनुभएको थियो । उहाँले भारतले नक्कली अयोध्या खडा गरेको आरोपसमेत लगाउनुभएको थियो ।