१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा दोहोरो अंकमा बढ्दै संक्रमित, बाग्मती प्रदेश भरिमा ५१ संक्रमित, ४२ उपत्यका भित्रै

corona 1

नेपालमा आज (शुक्रबार) ४,८०६ पिसिआर टेस्ट भएकोमा थप ११८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।

पछिल्लो एक सातादेखि दैनिक रुपमा दोहोरो अंकमा उपत्यका (काठमाडौं भक्तपुर र ललितपुर) मा संक्रमित थपिईरहेका छन् ।

बाग्मती प्रदेशमा सबैभन्दा बढी ५१ जना संक्रमित थपिएकामा ४२ जना काठमाडौं उपत्यकाकै रहेका छन । काठमाडौं उपत्यकामा मात्र आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २८ ,ललितपुरमा १३ र भक्तपुरमा एक जना गरेर जम्मा ४२ जना संक्रमित थपिएका हुन । थपिएका मध्य महिला र पुरुष भने छुट्ट्याइएको छैन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १२० जना र आज सम्म ८,०११ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।