२० आश्विन २०८१, आईतवार

उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ- गगन थापा

gagan 2.jpg

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै उहाँमाथि पनि निष्पक्ष छानबिन हुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनै पनि प्रकरणमा कानुन उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताउनु भयो ।

उहाँले शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भए पनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने बताउनु भयो । उहाँले संसद्मा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानविन गर्न आग्रह गर्नुभएको भन्दै संसदीय समिति बनाएर छानिबिन गर्न झनै सहज भएको बताउनु भयो । उहाँले नाम जोडिएपछि छानबिनको दायरामा आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसभित्र जसको नाम आउँछ, त्यो छानबिनको दायरामा आउँछ, अउनुपर्छ । जहाँसम्म नेपाली कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैँले यो प्रसंगमा आज संसद्को बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ ।’