१५ बैशाख २०८१, शनिबार

जी न्युजका प्रधानसम्पादक सुधीरले नेपालीसँग मागे माफी

sudhir chaudhary

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन्।

भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि आपत्तिजनक अभिव्यक्ति दिएका जी न्यूजुका प्रधान सम्पादक सुधीर चौधरीले माफी मागेका छन् ।

नेपालविरुद्ध भारत सरकारले कुनै कारवाही गर्नै परेन, सेना प्रयोग गर्नै परेन भारतीय मिडियासँग नै डरायो, टीभी एंकरसँग नै डरायो नेपालु भन्ने आशयको ट्वीट चौधरीले बिहीवार गरेका थिए ।

जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए।

त्यसपछि सुधिरले ट्वीट गर्दै नेपालीहरु भारतीय समाचारवाचकहरुसँग डराएको प्रतिक्रिया दिएका थिए।

नेपाल सरकार, विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निकै नै तल्लो स्तरमा गिरेर टिप्पणी गर्न थालेपछि नेपाली केबल अपरेटरहरूले बिहीवार साँझदेखि नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण बन्द गरेका थिए ।

नेपाल र भारतबीच सीमा विवाद भइरहेको बेला सुधिरले ‘डिएनए’ भन्ने कार्यक्रममा दुवै देशको सेनाको अवस्था तुलना गरेर द्वन्द भए नेपालको अवस्था कमजोर हुने प्रतिक्रिया समेत दिएका थिए।

उक्त ट्वीटको नेपालमात्र होइन भारतमा समेत तीव्र आलोचना भएपछि चौधरीले ट्वीट डिलिट गर्दै माफी पनि मागेका छन् ।

मेरो ट्वीटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले मलाई भन्नुभयो कि– यो ठीक भएन । शायद हुनसक्छ, मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो अभिव्यक्तिको मञ्च हो, न कि कसैलाई चोट पुर्‍याउने । त्यसकारण खेद प्रकट गर्दै उक्त ट्वीटलाई हटाउँदै छु, चौधरीले शुक्रवार गरेको अर्को ट्वीटमा लेखेका छन् ।

चीनसँग गालवन उपत्यकामा हिंसात्मक झडप भएपछि भारतले टिकटकसहितको चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो।

शुक्रवार भने सुधीरले नेपालप्रति दिएको अभिव्यक्तिप्रति क्षमा मागेका छन्। उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताएका छन्।

‘यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ। यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन। यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,’ उनले लेखेका छन्।

लगत्तै सुधीरले नेपालीहरुलाई अपनामजनक शब्द प्रयोग गरेर गरेको ट्वीट हटाएका छन्।