१६ चैत्र २०८०, शुक्रबार

नेकपाको स्थायी कमिटी बैठक सात दिन स्थगित

NCP secretariat meeting during lockdown
फाइल फोटो

आज ११ बजे बस्ने गरी स्थगित भएको नेकपा स्थायी कमिटीको बैठक थप ७ दिनको लागी स्थगित भएको छ । सो कुराको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् दिएका छन् ।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित’, श्रेष्ठले ट्विट गरेका छन्।

आज बस्ने बैठकमा फेरी प्रधानमन्त्री को राजिनामाको विषयले प्रवेश पाउने अनुमान गरिएको थियो । स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पाटी भित्र विवाद चर्कदै गएको छ ।

विवाद चर्कदै गएपछी दुवै अध्यक्षद्वय ‘वान टू वान्’ वार्ता मार्फत सहमती खोज्ने प्रयासमा रहेका भएपनी ठोस नतिजा भने आउन सकेको छैन ।