२० बैशाख २०८२, शनिबार

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

Liverpool.jpg 11

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा तीन शुन्य गोलले पराजित गरेको छ । एरिक टेन हाखको टोलीको जारी सिजन लिगमा यो लगातार दास्रो हार हो ।

ओल्ड ट्रार्फडमा लिभरपुलले सुरुवातबाट नै युनाइटेडमाथि दबाव बनाएको थियो । ३५ औं मिनेटमा लुइस डियाजले पहिलो गोल गरे । ४२औं मिनेटमा डियाजलेनै पुन गोल गरेपछि युनाइटेड पहिलो हाफमा दुई शुन्यले पछि परेको थियो । दोस्रो हाफमा प्रशिक्षक टेन हाखले क्यासिमेरोको स्थानमा २० वर्षीय टोबी कलयरलाई डेब्यु दिए । यो सक्सिच्युट युनाइटेडका लागि सफल सावित भने भएन । ५६ औं मिनेटमा मोहम्मद सालहले गोल गरेपछि युनाइटेड स्तब्ध बनेको हो ।

तीन खेलमा शत प्रतिशत नतिजा निकालेको लिभरपुलले गोल खाएको छैन् । तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको नौ अंक छ । तीन खेलबाट ३ अंक जोडेको युनाइटेड १४ औं स्थानमा छ । लिगको अर्को खेलमा चेल्सी क्रिस्टल प्यालेससंग एक एक गोलको बराबरीमा रोकियो । घरेलु मैदानमा २५ औं मिनेटमा निकलस ज्याक्सनको गोल मार्फत अग्रता लिएपनि चेल्सीले जोगाउन सकेन् । ५३ औं मिनेटमा प्यालेसका एबर्ची एजेले बराबरी गोल फर्काएका हुन् ।

प्यालेसको सिजनको यो पहिलो अंक हो । चेल्सीको तीन खेलबाट तीन अंक छ । न्युक्यासलले टोटेनहम माथि दुई एक गोलको जित हात पार्यो । ३७औं मिनेटमा हार्भी बर्न्सले टोटेनहम विरुद्ध अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा डान बर्नको गोलमार्फत टोटेनहम खेलमा फर्कियो । तर ७८औं मिनेटमा अलेक्जेन्डर इसाकले विजयी गोल गरे ।