
रातभरको अविरल बर्षाका कारण बाढी पहिरोमा परि सिन्धुपाल्चोकका दर्जनौँ घर संरचना बगाएका छन ।
विभिन्न वडामा गरी बाढीले कम्तीमा २४ घर बगाएको, २ जनाको मृत्यु भएको र १८ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ।
अरनिको राजमार्ग ठाउँ–ठाउँ भत्किएको छ भने जुरेमै पनि अरनिको राजमार्गको बाटो बगाएको छ । त्यस्तै जम्बु भन्ने ठाउँको दुवैतिर बाटो बगाएको छ जसले गर्दा वारीपारी जानसक्ने स्थिती छैन ।डाँडा चढेर उद्दारमा जान पनि कठिनाइ भएको छ |














