
आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
शनिबार राती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक एक गोल गरेका थिए । खेलको २५औं मिनेटसमा हावर्ट्जको गोलमा आर्सनलले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७४औं मिनेटमा साकाले अग्रता दोब्बर बनाएका थिए ।
यो जितपछि आर्सनलले महत्वपूर्ण ३ अंक बटुलेको छ र नयाँ सिजनको शानदार शुरुवात गरेको छ ।
गए रातिनै सम्पन्न अर्को खेलमा एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको ब्राइटन तालिकाको शीर्ष स्थानमा पुगेको छ । यस बाहेक लिभरपुल, न्यूक्यासल युनाइटेड र एस्टोन भिल्लाले पनि विजयी सुरुवात गरेका छन् । प्रिमियर लिगमा आज साविक विजेता म्यान्टेस्टर सिटी र चेल्सी तथा लेचेस्टर सिटी र टोटनहम प्रतिस्पर्का गर्ने छन् ।