११ असार २०८१, सोमबार

श्रोत नखुलेको ६९ लाख नेरुसहित चार चिनियाँं पक्राउ

money

भक्तपुरको सूर्यविनायक नगरपालिका १० भातेढिकुरबाट बुधबार प्रहरीले चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

भाते ढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० पं २८७२ नंं को ट्याक्सी रोकी जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

स्रोत नखुलेको ६९ लाख पाँच हजार नेपाली रुपैयाँं नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । थप कारवाहीका लागि उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए ।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक भई काठमाडौं बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५० को छिग छियालिग, वर्ष २४ को क्यो हावरण र वर्ष ३६ को डेना लाइयू रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...