Close Me
२१ मंसिर २०८१, शुक्रबार

टी-२० विश्वकपमा युगाण्डाको पहिलो जित

Uganda

आईसीसी पुरुष टी-२० विश्वकपममा युगान्डाले ऐतिहासिक जित दर्ता गरेको छ । टी-२० विश्वकप क्रिकेटको नवौं खेल युगान्डाले पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । प्रोभिडेन्स स्टेडियम, गुयानामा युगान्डाले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।

सुरुवाती ब्याटिङ गरेको पीएनजीले खराब प्रदर्शन गर्दै १९ ओभर ५ बलमा सबै विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । उसका कुनै पनि खेलाडीले राम्रो इनिङ खेल्न सकेनन् । कप्तान भाला २ बलमा शून्य रनमा आउट भए । टोनी उराले ६ बलमा १ रन मात्र बनाउन सके । सेसे बाउले ९ रन बनाउन सके । लेगा साका र हिरी हिरी क्रमशः १२ र १५ रन बनाएर आउट भए । युगान्डाका लागि अल्पेश रामजानी, कसमस केउटा, फ्रान्क सुबुगा र जुमा मियागीले २-२ विकेट लिए ।

जवाफमा ७७ रनको लक्ष्य पूरा गर्न युगान्डले पनि संघर्ष गर्नु पर्‍यो । उसले १८ ओभर २ बलमा ७ विकट गुमाएर जित हासिल गर्‍याो । युगान्डाको ओपनिङ जोडी पनि फ्लफ रह्यो । रोजर मुकासाले खाता खोल्न सकेनन् । सिमोन साजीले पनि १ रन बनाए । रोबिन्सन ओबुयाको ब्याटबाट १ रन मात्र आयो । यसपछि रियाजत अली शाहले युगान्डको इनिङ सम्हाले । उनले कुल ३३ रन बनाए । शाह र जुमा मियागीले ४३ बलमा ३५ रनको साझेदारी गर्दै युगमन्डको जितको आधार तय गरे ।

मियागीले १३ रनमा रन आउट भए । अल्पेश रामजानीले ८ रन बनाए । केनेथ वाइस्वा ७ रनमा रनआउट भए । पीएनजीका अले नाओ र नर्मन भानुआले २-२ विकेट लिए । पहिलो खेलमा अफगानस्तिानसँग १ सय २५ रनको हार बेहोरेको युगान्डाले पुनरागमन गर्दै जित हासिल गर्‍यो । जितसँगै पहिलो पटक विश्वपक खेलिरहेको युगान्डाले समूह सी मा २ अंक जोडेको छ । पहिलो खेलमा सह-आयोजक वेस्ट इन्डिजसाग ५ विकेटले पराजित पीएनजीले भने जितको खाता खोल्न सकेको छैन ।