२२ बैशाख २०८१, शनिबार

पूनम पाण्डे जिवितै, मृत्युको खबर फैलाउनुको कारण यस्तो

Poonam Pandey 1 ezgif.com webp to jpg converter

बलिउडकी मोडल तथा नायिका पूनम पाण्डेको निधन भएको खबर शुक्रबार सामाजिक संजालदेखि मिडियामा फैलियो । ट्विटरमा पनि पुनमलाई श्रद्धाञ्जली व्यक्त गर्दै सयौं ट्विट भए ।

भारतका प्रमुख न्यूज च्यानलहरूले पाण्डेको निधनको खबर प्रमुखताका साथ प्रशारण गरे । पाठेघरको मुखको क्यान्सरका कारण पुनमको निधन भएको उनकै म्यानेजरले पुष्टि गरेका थिए । पुनमको इन्स्टाग्राममा पनि उनको निधन भएको पुष्टि गरिएको थियो ।

तर, शनिबार पुनमको निधन नभएको खबर फेरि सार्वजनिक भयो । मोडल पाण्डेले सामाजिक संजालमार्फत आफू जिउँदै रहेको भन्दै भिडियो सार्वजनिक गरिन् । उनले, पाठेघरको मुखको क्यान्सरबाट हुने निधनको विषयमा सचेतना जगाउनका लागि आफूले मृत्युको झुटो हल्ला फैलाएको बताएकी छिन् । उनले भनेकी छिन्–‘हो, मैले मेरो मृत्युको झुटो खबर फैलाए । तर, मैले सर्भिकल क्यान्सरबारे सचेतना जगाउन यो सबै कुराहरू गरेकी थिएँ ।’

पूनमले आफ्ना फ्यानहरु सँग माफी समेत मागेकी छिन् । साथमा उनले भनेकी छिन्–‘यो यस्तो रोग हो, जसले थाहै नपाई ज्यान लिन्छ । यो रोगबारे चर्चा हुन जरुरी थियो । मेरो मृत्युको समाचारले यो सबै गरेको छ ।’

    सम्बन्धित समाचार...