१४ बैशाख २०८१, शुक्रबार

चलचित्र पत्रकार संघकाे लेख रचना छनाेटमा ४ लेख उत्कृष्ट

movie theatre

नेपाल चलचित्र पत्रकार संघ नेपालले आयाेजना गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभावका बारेमा गरिएको लेखन प्रतियोगीतामा चार लेख छनौट गरिएकाे छ ।

सबै लेखहरु मध्ये छनौट समितिले पहिले १३ वटा लेखलाई छनाेट गरी त्यस्मध्ये उत्कृष्ट चार छनौट गरेको हो । छानिएका चारमध्ये फिल्म पत्रकार ध्रव लम्सालको रचना उत्कृष्ट भएको छ । उक्त जानकारि पत्रकार संघले शुक्रवार प्रेस विज्ञप्तीमार्फत दिएकाे हाे ।

संघले चलचित्र क्षेत्रमा कोरोना भाइरसले उत्पन्न गरेको समस्या र त्यसको समाधानसहितको सोध, खोज तथा वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख, रचना तथा धारणाको नतीजा सार्वजनिक गरेकाे हाे ।

त्यसमा पनि मापदण्ड सहित मूल्याङ्कनको आधारमा ८ लाई तय गर्दै छनौट समितिले पत्रकार लम्सालको लेखलाई पहिलो स्थानमा राखेको हो । विज्ञप्तीमा जनाइए अनुसार पत्रकार तथा चलचित्र समिक्षक विष्णु शर्माको लेखले दोस्रो, पत्रकार मनोज न्यौपानेको लेखले तेस्रो तथा पत्रकार रिना मोक्तानको लेखले चौथो स्थान हासिल गरेको छ।

नेपाली चलचित्र क्षेत्रको वर्तमान बस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको उक्त अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने जनाएको छ ।

उत्कृष्ट ४ लाई अनुकुल समयमा क्रमश १५ हजार, १० हजार तथा पाँच–पाँच हजार रुपैयाँ तथा प्रमाण पत्र सहित प्रदान गरिने पनि संघले जनाएको छ । छनौट गरिएको लेख संचार माध्यममा प्रकाशन गरिने व्यवस्था समेत संघले मिलाउने जनाएको छ ।

सार्वजनिक बिज्ञप्ति अनुसार पत्रकारहरु विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जीवन कुमार पराजुली तथा समीर बलामीको छनोट समितिले ती लेख तथा रचनाहरु मूल्यांकन गरेको संघका महासचिव समीर बलामीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

statement