१६ चैत्र २०८०, शुक्रबार

नागरिककर्मी राईले गरे आविस्कार केन्द्रलाई सहयाेग

daman rai

नेपाल पत्रकार महासंघ खोटाङ्गका अध्यक्ष तथा नागरिककर्मी दमन राईले आफुले पुरस्कार वापत पाएको रकम महाबीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका छन ।

राईलाई ११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ समापनको अवशरमा बाक्सिला फुटबल क्लवले प्रदान गरेको ५ हजार ११ रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार वापतको रकम राष्ट्रिय आविस्कार केन्द्रलाई सहयाेग गरेका हुन् ।

हरेक बर्ष गाेल्डकपकाे अबसरमा बाक्सिला फुटबल क्लवले प्रदान गर्ने पुरस्कार क्लवले ‘११ बाक्सिला रनिङ गोल्डकप’ समापनको अवशरमा पत्रकार राईलाई गत फागुन २५ गते खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेका थियो ।

पत्रकार राईले व्यक्तीगत समस्याका कारण पुरस्कार ग्रहणमा उपस्थिति हुन नसकेकाे र आफुले पाएकाे सो रकम राष्ट्रिय आविस्कार केन्द्रको नाममा जम्मा गरिदिन क्लवलाई आग्रह गरेतापनि क्लवले असार १६ गते उक्त पुरस्कार राशी पत्रकार राईकै खातामा जम्मा गरिदिएका थिए । उक्त रकम राई आफँले १८ गत्ते राष्ट्रिय आविस्कार केन्द्रको ग्लोवल आइएमई बैंकको नयाँ बानेश्वर शाखामा खोलिएको आधिकारिक खातामा जम्मा गरिदिएको बताएका छन ।

खाेटाङ जिल्लामा करिब १ दशकभन्दा लामाे समयदेखि पत्रकारिता क्षेत्रमा आबद्व रहेका राई हालका नेपाल पत्रकार महासँघ शाखा खाेटाङका अध्यक्ष हुन भने नागरिक दैनिकसंगै विभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा आबद्व छन ।