२२ बैशाख २०८१, शनिबार

यस्तो छ दयाहाङ र सौगात अभिनीत ‘हात्तीछाप’को ट्रेलर

ha

फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ ।

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र भुकम्पको कथादेखि राजनीतिक कथावस्तुलाई स्थान दिइएको छ ।

३ मिनेटको ट्रेलरले सामाजिक कथा उठाउँदै प्रेम र कमेडीको स्वाद पस्किएको छ । सार्वजनिक ट्रेलरमा सौगात मल्लको ‘बोत्तल राजा’ अवतार र दयाहाङ राई र उपासना सिंह ठकुरीबीचको नोकझोंकपूर्ण प्रेम देखाउन खोजिएको छ ।

कमेडी रुचाउने दर्शकलाई फिल्मको ट्रेलरले आकर्षित गर्न सक्ने देखिएको छ भने, बलियो ‘स्टारकास्ट’का कारण ‘हात्तीछाप’ले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मकर्मी र दर्शकले गरेका छन् ।

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्धाजको लेखनमा तयार भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

रेड बर्ड प्रोडक्शनको व्यानरमा निर्माण भएको यो फिल्मका पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता हुन् । यस्तै, फिल्मको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली रहेका छन् ।

    सम्बन्धित समाचार...