२५ बैशाख २०८१, मंगलवार

रक्सीले मातेपछि श्रीमतीको हत्या, हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे

hatya muder
सांकेतिक तस्विर

दाङको हलवारमा रक्सीले मातेका ४३ वर्षीय पेन्डुवा चौधरीले श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपमहागनरपालिका ४, तल्लो हलवारका पेन्डुवाले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति सवा १० बजेतिर रक्सीले मातेका पेन्डुवाले घरभित्रै लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता (डीएसपी) जनकबहादुर मल्लले जानकारी दिए ।

पेन्डुवाले लक्ष्मीको हत्यापछि श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि पेन्डुवाले आक्रमण गरेका थिए ।

श्रीमती हत्या गर्ने पेन्डुवालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित समाचार...