२२ बैशाख २०८१, शनिबार

यी हुन् २०२४ का प्रतीक्षित भारतीय फिल्म, साउथले चमत्कार देखाउने निश्चित

dc

भारतीय फिल्म क्षेत्रकालागि आउँदो वर्ष निकै विशेष हुने वाला देखिएको छ । विशेष गरी बलिउड र साउथ फिल्मले सन् २०२४ मा तहल्का मच्चाउने वाला देखिएको छ । 

दर्शकको नजर अब २०२४ केन्द्रित छ किनभने यो नयाँ वर्षमा पनि बलिउड र दक्षिण भारतीय फिल्मले बक्समा के के चमत्कार देखाउने छन् । जसका कारण सबै जना बलिउड र दक्षिण भारतीय फिल्मको पर्खाइमा छन् । सन् २०२४ लागेसँगै आउने प्रतीक्षित फिल्मको सूची हो । जसका कारण दर्शक भारतीय फिल्मको पर्खाइमा छन् ।

कुन फिल्म प्रतीक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भर पर्छ । तर, बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका फिल्मलाई हेर्दा दर्शकको प्रतीक्षामा हिन्दी भाषाका ९ वटा फिल्म तेलगु भाषाका ५ वटा तमिल भाषाका ४ वटा फिल्म रहेका छन् भने मलयालम र कन्नड भाषाका एक एक वटा फिल्म रहेका छन् ।

यदि तपाई पनि यस्तै दर्शकहरू मध्ये एक हुनुहुन्छ भने तपाईँको जिज्ञासा शान्त पार्ने कोसिस गर्नेछौँ । र हामी तपाईँलाई ती बलिउड र दक्षिण भारतीय फिल्मको नाम बताउँछौँ, जुन तपाईँले नयाँ वर्ष २०२४ मा हेर्न पाउनु हुनेछ । किनभने, पर्खाइमा रहेका यी फिल्महरू ठूला स्टारहरू रहेका छन्, त्यसैले यो पनि ठूलो बजेटमा बन्ने र बनेको भन्ने निश्चित नै छ । बितेको साल २०२३ मा साउथ इन्डियन फिल्म ’सालार’ले निकै ठूलो चमत्कार देखाइरहेको छ ।

बलिउड फिल्म तर्फ पहिलो स्थान अबको शुक्रबार रिलिज हुन लागेको ‘फाइटर’ रहेको छ । ऋतिक रोशन, दीपिका पादुकोन र अनिल कपुरको मुख्य भूमिका रहेको यो फिल्म जनवरी २५ मा रिलिज हुँदै छ । 

यस्तै, सूचीको दोस्रो स्थानमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ रहेको छ । यो फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ । यस्तै, तेस्रो स्थानमा भने अक्षयकुमार सहित आधा दर्जन अरू नाम चलेका स्टारको अभिनय रहेको ‘वेलकम टु जंगल’ रहेको छ । यसै गरी चौथो स्थानमा हिन्दी फिल्म ‘सिंघम अगेन’ रहेको छ ।

पाँचौंमा ‘कल्की : २९९८ एडी’, छैटौंमा ‘बाघिरा’, सातौंमा ‘हनुमान’, आठौंमा ‘बडे मियाँ छोटो मियाँ’, नवौंमा ‘कानगुभा’ र दशौंमा ‘देभारा : पार्ट वान’ छन् ।

सूचीको ११ औं स्थानमा ‘छावा’, १२ मा ‘गुन्तुर कारम’, १३ मा ‘मलाइकोताइ भलिवान’, १४ औंमा ‘थंगालान’, १५ मा ‘इण्डियन २’, १६ मा ‘योद्धा’ छन् ।

यो सूचीमा १७ औं मा अटलबिहारी बाजपेयीको जीवनीमा आधारित ‘मै अटल हुँ’ पनि छ । यसमा पंकज त्रिपाठीले पूर्व प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् । २० औं नम्बरमा भने ‘जिग्रा’ रहेको छ ।

यी ९ साउथ फिल्म २०२४ मा रिलिज हुँदै

गुंटुर करम

यो फिल्ममा महेश बाबु देखिँदै छन् । त्रिविक्रम श्रीनिवासमको काम पनि ‘गुंटुर करम’मार्फत पर्दामा देखिने छ। यो फिल्म जनवरी १२ मा रिलिज हुने अपेक्षा गरिएको छ ।

मलाइकोट्टै वालिबन 

यस फिल्ममा मोहनलालको दमदार अवतार देखिनेछ । फिल्मलाई लिजो जोसे पेलिसरीले निर्देशन गरेका हुन् । यो फिल्म २५ जनवरीमा पर्दामा देख्न सकिनेछ ।

देवरा

आरआरआरको अभूतपूर्व सफलतापछि साउथका सुपरस्टार जुनियर एनटीआर देवरा फिल्ममा देखिँदै छन् । यो फिल्ममा जान्हवी कपुर  पनि उनीसँग स्क्रिन सेयर गर्दै छिन् । यो फिल्म अप्रिलसम्म रिलिज हुन सक्ने जनाइएको छ ।

थंगलान

कोलार गोल्ड फिल्डमा बनेको फिल्म केजीएफका दुवै भाग हिट भएपछि अब सोही कोलार गोल्ड फिल्डमा बनेको अर्को फिल्म रिलिज हुन लागेको छ । निर्देशक पा रञ्जितको यो फिल्ममा सुपरस्टार चियान विक्रम, पार्वती र मालविका मोहनन देखिने छन् ।

पुष्पाः दि रुल 

पुष्पाः द राइज पछि अब हामी पुष्पाः द रुलको पर्खाइमा छौँ, जुन यो वर्ष समाप्त हुन सक्छ। अल्लु अर्जुनको यो बहुप्रतिक्षित फिल्म १५ अगस्ट २०२४ सम्म रिलिज हुन सक्ने जनाइएको छ ।  ‘पुष्पा’को पहिलो श्रृंखलामा अल्लु अर्जुन, रश्मिका मन्दाना र श्रीवल्लभी मुख्य भूमिकामा प्रस्तुत थिए ।

गेम चेन्जर 

मेगा पावर स्टार रामचरणको यो फिल्म पनि सेप्टेम्बरमा रिलिज हुन सक्छ । फिल्मलाई निर्देशक शंकरले निर्देशन गर्दै छन् । गेम चेन्जरमा रामचरणसँगै कियारा आडवाणी पनि देखिनेछिन् ।

कान्ताराः अध्याय १

ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ हिट भएपछि यसको प्रिक्वेल बनिरहेको छ, जसको नाम कन्ताराः च्याप्टर वन राखिएको छ । यो पनि सन् २०२४ मा रिलिज हुन सक्छ।

एल टिः एम्पारुन

मोहनलालको अर्को फिल्म २०२४ मा रिलिज हुँदै छ, जसको पोस्टरको निकै चर्चा भएको थियो ।

कङ्गुवा

आगामी तमिल फिल्म कंगुवाको झलक देखेर फ्यानहरु छक्क परेका छन् । ११ अप्रिल २०२४ मा रिलिज हुने यस फिल्ममा सूर्या, बबी देओल , दिशा पटानी र योगी बाबु महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।

    सम्बन्धित समाचार...