२२ बैशाख २०८१, शनिबार

हास्यरस र इमोसनको समिश्रण रहेको ‘दयारानी’को टिजर

dayahang deeya dayarani

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म ‘दयारानी’को टिज सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् ।

सार्वजनिक टिजरमा नि:सन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । सो क्रममा दयाले दीयाको सो प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । हास्यप्रदानसँगै केही गम्भिरता प्रदान गरेको फिल्मको यो टिजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।

‘मिस्टर झोले’मा पहिलो पटक एकसाथ काम गरेका दया र दीयाको जोडी यो फिल्मबाट पुन: पर्दामा एकसाथ आउँदैछन् । टिजरमा उनीहरुको केमिस्ट्री गज्जबको देखिएको छ । यस्तै, सालीको भूमिकामा रहेकी प्रमिसा गुरुङले बोलेको ‘ए हो र !’ भन्ने संवादले उनलाई राम्रैगरी नोटिस गराएको छ ।

फिल्म माघ २६ गते रिलिज हुँदैछ । बजारमा चलेको चर्चा अनुसार फिल्मले वक्सअफिसमा ‘जारी’ले जस्तैगरी अनपेक्षित व्यापार गर्ने अनुमान गरिएको छ । अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

    सम्बन्धित समाचार...