२४ बैशाख २०८१, सोमबार

फ्रान्सका गेब्रियलबाट पाठ सिक्दै नेपालमा पनि युवा राजनीतिज्ञलाई अवसर दिनुपर्छ : नैनसिंह महर

nainshing mahar

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेको घटनाबाट नेपाली राजनीतिज्ञले पनि पाठ सिक्नु पर्ने बताएका छन्।

यससँगै गेब्रियल फ्रान्सको इतिहासमा सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री बनेका छन्। उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएका ६२ वर्षीया एलिजाबेथ बोर्नको स्थानमा नियुक्त भएका हुन्।

‘फ्रान्समा ३४ वर्षीय गेब्रियल एटलको सत्तारोहणले राजनीतिभित्र सुधारको पक्षामा सक्रिय संसारभरका युवा राजनीतिकर्मीहरूलाई अवश्य पनि अदम्यसाहस र ढाडस थपिएको हुनुपर्छ। तर, नेपालको सन्दर्भमा भने उमेर र अवसर प्राप्तिका आधारमा प्रौढ भएका अग्रज नेताहरूको अनिवार्य विश्रामबाट मात्र युवा नेतृत्व स्थापनाको नेपाली सपना पुरा हुन सक्छ। विश्वमा शान्ती, स्थिरता, विकास र भातृत्व स्थापनाका लागि गेब्रियलको शासनकाल सफल हुन सकोस,’ महरले भनेका छन्।

फ्रान्सका नयाँ र कान्छो प्रधानमन्त्री बनेका गेब्रियल यसअघि देशको कान्छो शिक्षा मन्त्रीको रूपमा कार्यरत थिए। उनी राष्ट्रपति म्याक्रोनका नजिकका व्यक्तिहरूमा मानिन्छन्।

    सम्बन्धित समाचार...