२५ बैशाख २०८१, मंगलवार

सन्दीप लामिछाने प्रकरण : आज अदालतले सजाय तोक्दै

Sandeep Lamichhane

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने प्रकरणमा सजाय तोक्न आज पेसी तोकिएको छ । आज अदालतले कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि आजका लागि पेसी पेसी तोकिएको थियो । लामिछानेले पीडितलाई नगरकोट घुमाएर काठमाडौंमा ल्याई होटलमा राखेर करणी गरेको अदालतले ठहर गरेको छ ।

तर, अदालतले पीडित गौशाला(२६ को जन्ममिति २०६३ असार १८ गते भएको भन्दै उनलाई नाबालिग भने ठहर गर्न नसक्ने बताएको छ । तर, नाबालिग नभए पनि पीडितको आर्थिक अवस्था र बयान समेतलाई ध्यान दिँदा करणी सहमतिमा नभएको देखिएको अदालतले भनेको छ ।

अदालतले सीसीटिभी फुटेज, पीडितको बकपत्र, साक्षीको बयान लगायतका तथ्यलाई निर्णय आधारका रुपमा लिएको छ । फैसलाको पूर्णपाठ भने पछि आउने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझे पीडित र पीडक दुवै पक्षले उच्च अदालत पाटनमा पुनवेदन दिन सक्नेछन् ।

    सम्बन्धित समाचार...