२२ बैशाख २०८१, शनिबार

एनआइसी एसिया बैंकले घटायो ब्याजदर

Nic Asia Bank

एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएके छ ।

बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५% ब्याजदर दिने जनाएको छ । उक्त ब्याजदर निर्धारण गर्नको लागि बैंकले २४ महिनादेखि १८० महिनाको लागि निर्धारण गरेको हो ।

बैंकको अधिकतम ८.६७% ब्याजदर पुस महिनामा दिंदै आएको छ । माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५०% निर्धारण गरेको छ ।

यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ८.०६५% र न्यूजतम ६.२५०% मात्र ब्याज दिने भएको छ । मुद्दति निक्षेपको ब्याजदर पनि ८ प्रतिशतकै लाइनमा आएपछि यसबट ऋणीलाई निकै फाइदा पुग्नेछ । तर निक्षेपकर्तालाई भने यसबाट घाटा हुनेछ ।

nic.jpg

    सम्बन्धित समाचार...