
प्रख्यात कोरियोग्राफर सरोज खानको मुम्बईको बांद्राको गुरु नानक अस्पतालमा हृदय घात का कारण ७२ वर्षमा निधन भएको छ।
केही दिन अघि श्वास प्रश्वास्मा समस्या देखिएपछी उनलाई बांद्राको गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो। त्यसको केहि दिन पछि उनी निको भइन् र आफ्नो घरमा फर्किएकी उनको परिवारका सदस्यहरूले पुष्टि गरेका थिए।
सरोज खानले आफ्नो करियरमा धेरै शान्दार फिल्महरू गरेकी थिइन्। बाल कलाकारको रूपमा डेब्यू गरेकी सरोज खानको अन्तिम फिल्म कंलक थियो। यस फिल्ममा उनले आफ्नो प्रिय विद्यार्थी माधुरी दीक्षितलाई कोरियोग्राफ गरेकी थिईन।

आफ्नो करियरमा उनले तीन पटक राष्ट्रीय पुरस्कार जितेकी थिइन र उनले २,००० भन्दा बढी गीतमा कोरियोग्राफि गरेकी थिइन ।