६ बैशाख २०८१, बिहीबार

म्यान्चेस्टर सिटीको लिग विजेता लिभरपुल माथी ४-० को शानदार जित

liverpool manchester city 2020 1

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले लिग विजेता लिभरपुल माथी ४-० को शानदार जित हासिल गरेको छ ।

यो वर्ष हिजोको हार लिभरपुलको दोस्रो हार हो । यसअघि लिभरपुल फेब्रुअरीमा वाट्फोर्डसँग ३–० ले पराजित भएको थियो ।

म्यान्चेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा २५,३५ र ४५औ मिनेटमा सिटीका खेलाडिहरुले गोल गर्दै जित दिलाएका हुन ।

सिटीको लागी गोला गर्नेमा केभिन डि ब्रुयन, रहिम स्ट्रलिङ र फिल फोडेनले रहेका छन । उनिहरुले एक एक गोल गरे भने ६६औ मिनेटमा अक्सलेड चेम्वरलेनले आफ्नै पोस्ट्मा गोल गरेपछी सिटीले ४ गोल को नतिजा निकालेको हो ।

दुवै टोलिले समान ३२ खेल खेलेका छन भने पहिलो स्थान को लिभरपुलको सिटिसँगा २० अंकको अग्रता कायम छ ।