६ चैत्र २०८०, मंगलवार

नासाले बनायो कोरोनाभाइरससँग लड्न मद्दत गर्ने नेकलेस (भिडियो सहित)

nasa pulse

नासाको जेट प्रोपल्शन लेबोरेटरीले एक नेकलेस विकसित गरेको छ जसको उद्देश्य कोरेनाभाइरसको फैलावटलाई कम गर्नु हो । यो नेकलेसको मुख्य काम भनेको मानिसरुलाई अनुहार छुन लागेको बेलामा चेतावनी दिनु हो ।

“पल्स” नामकरण गरिएको यो नेक्लेस थ्रीडी-प्रिन्ट गरिएको पेंडन्ट हो । यदी तपाईंको हात सेन्सरको नजिक आएको खण्डमा यसमा जडित सेन्सरले कम्पन गराउँदछ ।

तपाईको हात अनुहारको जति नजिक पुग्छन सेन्सरबाट हुने कम्पनहरू अझै मजबूत हुन्छन्।

नासाले नेकलेसको बारेमा बनाएको ब्रोशरमा भनेको छ “पल्सको उद्देश्य कोविड्-१९ भाइरसको फैलावटलाई कम गर्नु हो । कुनै व्यक्तिले आफ्नो हातले संक्रमित सतह छुन्छ र त्यसपछि आफ्ना आँखा, नाक वा मुखमा छुन्छ भने उ स्वयंम संक्रमित हुन सक्छ।”

यसले हामी दैनिका कती चोटी थाहा नपाईकन आफ्नो हात अनुहार तीर लग्छौ भनेर पनि सचेत गराँउछ ।